वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी (सूचनासहित)

ओकेखबर संवाददाता १४ कार्तिक २०७८, आईतवार ०९:११ मा प्रकाशित ( साल अघि) २५१ पाठक संख्या

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८१४ जना कर्मचारी मागेको छ । बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरिएको बैंकले सूचनामार्फत भनेको छ ।

यस्तै सूचना अनुसार वरिष्ठ प्रबन्धक पदका लागि २ जना, प्रबन्धक ६, उपप्रबन्धक १८, उपप्रबन्धकमा १ जना कर्मचारीको विज्ञापन आह्वान गरेको छ । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ । यसपछि भने दरखास्त दिँदा ‘दोब्बर दस्तुर’ लाग्ने बैंकले जनाएको छ ।

बैंकले तोकेको विवरणहरू अनलाइनमार्फत भर्नुपर्ने बताइएको छ । सबै विवरणसहित नागरिकता र कुन पदका लागि हो त्यसका लागि चाहिने शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटोसमेत स्क्यान गरेर अनलाइनमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।                       


सम्बन्धित खबरहरु