बजारमा अखाद्य बस्तुको बिगबिगी, दुई लाखसम्म जरिवाना

ओकेखबर संवाददाता १३ कार्तिक २०७८, शनिबार ०८:३९ मा प्रकाशित ( साल अघि) ३६६ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुुई लाख रुपियाँ जरिवाना गरेको छ ।

समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले बताए । गुलाबमा भेटिएका सामग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पु-याउन सक्ने खालका हुन ।

त्यस्तै महानगरले अनुुगमनका क्रममा लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेटाएको हो ।

विभागका खाद्यविज्ञ ईश्वर सुवेदीले हाइड्रो कपडा सेतो बनाउन प्रयोग गरिने रसाइन वा अखाद्य वस्तु भएकाले यो मिठाईमा प्रयोग गर्नु स्वास्थ्यका लागि घातक भएको बताए । यसको उपभोगले तत्काल कसैकसैलाई झाडाबान्ता हुने गरे पनि दीर्घकालमा आन्द्राको क्यान्सर हुनसक्ने उनको भनाइ छ । ती पसललाई १०/१० हजार रुपियाँका दरले जरिवाना गरेको जनाएको छ ।
गोरखापत्रबाट


सम्बन्धित खबरहरु