माग्दैमा राजीनामा नदिने अडानमा प्रधानन्यायाधीश राणा

ओकेखबर संवाददाता ११ कार्तिक २०७८, बिहीबार २३:४५ मा प्रकाशित ( साल अघि) ११५ पाठक संख्या

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सडकबाट राजीनामा माग्दैमा नदिने बताएका छन् । राजीनामाको प्रश्न नै नभएको उनले बताएका छन् ।

उनले आफू संविधानअनुसार प्रधानन्यायाधीश बनेको भन्दै संविधानअनुसार विधी र प्रक्रियाबाट बिदा गरेमात्र आफू जाने बताएका छन् । उनले न्यायालयमा आफूले शुदृढीकरण गरिरहेकाले यो नचाहनेले आफ्नो राजीनामा मागिरहेको बताएका छन् ।

प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले आफूले मन्त्रिपरिषदमा कुनै भाग नमागेको बताए ।

उनले प्रचण्डले, माधवकुमार नेपालले र प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटामा नभएको बताइसकेको बताए । उनले यतिहुँदा हुँदै पनि आफूमाथि बिनाअर्थ आरोप लगाइएको बताए । उनले यसलाई अस्वीकार गर्ने बताए । हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताए ।

आफूमाथि दलहरुले महाअभियोग नल्याउने बताए । उनले महाअभियोग जस्तो कुराका पछाडि दलहरु नलाग्ने आफूलाई विश्वास रहेको बताए । उनले आफूमाथि उठेका प्रश्न संवैधानिक भए त्यसको सामना गर्ने अन्यथा न्यायापालिकालाई कमजोर बनाएर आफू नजाने बताए ।

उनले आफू संविधानप्रति निष्ठा र इमानदार व्यक्ति भएको दाबी गरे । उनले आफूले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको पनि दाबी गरे । आफूले न्यायापालिकालाई कमजोर बनाउन नदिने पनि उनको भनाइ थियो ।


सम्बन्धित खबरहरु