औषधिको ३२ प्रतिशतसम्म मूल्यवृद्धि, मन्त्रालयले छानबिन गर्ने

ओकेखबर संवाददाता ११ कार्तिक २०७८, बिहीबार २२:४० मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

काठमाडौं । औषधि व्यवस्था विभागले नियमविपरीत औषधिको मूल्य बढाएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेछानबिन गर्ने भएको छ ।

बिहीबार मन्त्रालयमा आज पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिको मूल्य बढाइएको बारे छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले उक्त छानबिन प्रक्रियाको जिम्मेवारी स्वास्थ्यसचिव डा रोशन पोखरेललाई दिइएको जानकारी दिए ।

औषधि व्यवस्था विभागले पछिल्लो वर्ष मात्रै विभिन्न सात कम्पनीका ५२ वटा औषधिको ३२ प्रतिशतसम्म मूल्यवृद्धि गरेको छ ।


सम्बन्धित खबरहरु