कर्णालीका तीन मन्त्रीले किन दिदैछन राजिनामा ?

ओकेखबर संवाददाता ११ कार्तिक २०७८, बिहीबार ०८:४० मा प्रकाशित ( साल अघि) १०१ पाठक संख्या

काठमाडौं । कर्णाली प्रदेश सरकारमा गैरसांसद तीनजना मन्त्रीको समयावधि कात्तिक १५ गते सकिदै छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिँदा एमाले सांसदबाट फ्लोर क्रस गरेर मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको समयावधि सकिन लागेको हो ।

गैरसांसद रहेका उनीहरू ६ महिनामात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार तिनैजना पदमुक्त हुन लागेका हुन् । आफुहरु संबैधानिक व्यवस्था अनुसार नै मन्त्री भएकाले सोही बमोजिम कात्तिक १५ अघि नै राजीनामा दिने विषयमा छलफल भइरहेको मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

‘हामी समयावधि सकिनुअगाडि नै राजीनामा दिन्छौं,’ उनले भने, ‘गैरसांसद भएका कारणले हामीले कानुनी आधारमा नै राजीनामा दिन्छौं ।’


सम्बन्धित खबरहरु