साहित्यकार हरि कटुवालको ‘फेरी अर्को बिहानी’ लोकार्पण

ओकेखबर संवाददाता ८ कार्तिक २०७८, सोमबार २२:५० मा प्रकाशित ( साल अघि) ५९४ पाठक संख्या

साहित्यकार हरी कटुवालका उपन्यास ‘फेरी अर्को बिहानी’ लोकार्पण भएको छ । बरिष्ठ साहित्यकार कृष्ण धारावासी, निबन्धकार युवराज नयाँघरे र साहित्यकार तथा सम्पादक प्रमोद प्रधानले संयुक्त रुपमा साेमबार सो उपन्यासको लोकार्पण गरेका हुन् ।

उपन्यासमा तत्कालिन द्वन्दकालका नेपाली समाज देखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक गतिविधिहरु समेटिएका छन्  । पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरी अर्को बिहानी उपन्यासको बजार मुल्य ३७५ रुपैयाँ छ । उपन्यासकार हरि कटुवालको यो तेस्रो उपन्यास हो ।

यसअघि उनको अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) प्रकाशित छन् । २०७४ सालमा तिमी हाँसेको पल गीतमार्फत उत्कृष्ठ आधुनिक गीतकारको रुपमा ‘नेशनल वक्स अफिस अर्वाड’ पाएका कटुवालको विभिन्न कथा, कविता, गीतहरु फुटकर प्रकाशित छन् ।


सम्बन्धित खबरहरु