अझै केही दिन झरी पर्ने

ओकेखबर संवाददाता १३ भाद्र २०७८, आईतवार ०८:०२ मा प्रकाशित ( साल अघि) १७२ पाठक संख्या

काठमाण्डौ । केही दिनदेखि काठमाडौंसहित देशभर ठूलो पानी परिरहेको छ । ठूलो पानी परेसँगै जनजीवनसमेत प्रभावित भइरहेको छ ।

आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको महाशाखाले जनाएको छ ।

नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् ।

तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

आज प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, राति प्रदेश(१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।


सम्बन्धित खबरहरु