धादिङ जिल्ला अदालतमा भेटियो प्राचीनकालीन ताम्रपत्र, सर्वोच्चको न्यायिक सङ्ग्रहालयमा राखिने

ओकेखबर संवाददाता १२ भाद्र २०७८, शनिबार १०:२१ मा प्रकाशित ( साल अघि) २०८ पाठक संख्या

धादिङ । धादिङ जिल्ला अदालतमा विक्रम सम्बत् १८६० सालको ताम्रपत्र भेटिएको छ ।

अदालतको जिन्सि शाखामा भेटिएको ताम्रपत्र शुक्रवार जिल्ला अदालतका प्रमुख भई काम गर्ने न्यायाधीश रमेश प्रसाद ज्ञवालीले सर्वोच्च अदालतका कर्मचारी राजन सापकोटालाई हस्तान्तरण गरेका छन् ।

प्राचिनकालमा लेनदेन मुद्दाको विषयमा कोरिएको उक्त ताम्रपत्र सर्वोच्च अदालतको न्यायिक सङ्ग्रहालयमा राखिने न्यायाधीश ज्ञवालीले जानकारी दिए ।

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी सर्वोच्चमा स्थापना गरिएको न्यायिक सङ्ग्रहालय भदौ १ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका थिए ।

न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा प्रारम्भिक रूपमा स्थापना भएको न्यायिक सङ्ग्रहालयले नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउने उद्देश्य लिएको छ ।

सङ्ग्रहालयमा न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्री सङ्ग्रहित गरिएको छ ।


सम्बन्धित खबरहरु