आज: 

काठमाडौंका यी ठाउँमा भेरोसेलको दाेस्रो डोज लगाउन पाइने (सूचीसहित)

ओके खबर ११ भाद्र २०७८, शुक्रबार ०९:०३ मा प्रकाशित ( महिना अघि) १४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँमा लगाँइदै छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले तीन दिन अर्थात आइतबारसम्म पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ ।

यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप लगाउन पाउने सरकारले जनाएको छ ।

यस्तै तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् ।

राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

 

 


सम्बन्धित खबरहरु