पेट्रोल र एलपी ग्यासको मूल्य फेरि बढ्यो (मूल्यसहित)

ओकेखबर संवाददाता ७ भाद्र २०७८, सोमबार २१:०२ मा प्रकाशित ( साल अघि) २२७ पाठक संख्या

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले मूल्य बढाएको हो ।

इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।

डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन ९अन्तर्राष्ट्रिय उडान०मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा रहने निगमले जनाएको छ ।

निषेधाज्ञा समयको बिक्रि परिमाण अनुसार हिसाब गर्दा १५ दिनमा करिव ९६.०९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

निगमको घाटा निरन्तर रही नै रहने तथा अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम नरोकिने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने निगमका प्रवक्ता उपाध्यायले बताए ।


सम्बन्धित खबरहरु