कोरोना संक्रमण बढिरहे पनि बेलायतले मास्क लगाउनैपर्ने नियम हटाउँदै, यस्ताे छ कारण

ओकेखबर संवाददाता २२ असार २०७८, मंगलवार ०९:११ मा प्रकाशित ( साल अघि) ४६२ पाठक संख्या

एजेन्सी । काेराेना भाइरसकाे फैलावट खासै नघटे पनि बेलायतले यसकाे नियन्त्रणका लागि तय गरेका प्रतिबन्धहरू हटाउने भएकाे छ । त्यहाँका प्रधानमन्त्री बोरिस जाेनसनले याे महिनादेखि मास्क अनिवार्य लगाउनुपर्ने र भाैतिक दुरी कायम गर्नैपर्ने नियमहरू हटाउने बताएका हुन् ।

बेलायतमा अर्काे लहरमा काेराेना भाइरसकाे प्रसार तीव्र गतिमै छ । यसका बाबजुद त्यहाँकाे सरकारले काेराेना नियन्त्रण तथा राेकथामका लागि बनाएका नियमहरू खारेज गर्न लागेकाे समाचार संस्था पीटीआईले उल्लेख गरेकाे छ ।

प्रधानमन्त्री जाेनसनले देशमा लकडाउन हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेपछि कानुनी प्रतिबन्धहरू पालना गर्ने कुरा व्यक्तिगत इच्छामा निर्भर हुने बताएका हुन् । उनले भने, ‘प्रतिबन्ध फुकाउने प्रक्रिया १९ जुलाईदेखि थालिने छ ।’ यद्यपि, यसबारे अन्तिम निर्णय १२ जुलाईमै लिइने उनकाे भनाइ छ ।

बेलायतमा कोभिड-१९ का कारण १ लाख २८ हजारभन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ । काेराेनाबाट भएकाे याे मृत्युदर पश्चिमी यूरोपमा सबैभन्दा बढी हाे । अत्यन्तै संक्रामक मानिएकाे डेल्टा भेरियन्टका कारण संक्रमितहरू थपिएका थपियै छन् ।

यसअघि बेलायतका मन्त्री राेबर्ट जेनरिकले आइतबार भनेका थिए- आगामी साता लकडाउनबाट रेस्ट लिइने छ । अनि मास्क लगाउनैपर्ने नियम पनि हटाउनेमा विचार गरिने छ । हामीले अब अलि फरक तरिकाले अघि बढ्नु छ, जहाँ हामी भाइरससँगै रहन सिक्ने छाैँ । हामी सावधानी अपनाउने नै छाैँ । यसका साथ हामले व्यक्तिगत जिम्मेवारी पनि लिनुपर्छ ।’


सम्बन्धित खबरहरु