काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै, यी हुन् ३२ खोप केन्द्र

ओकेखबर संवाददाता २२ असार २०७८, मंगलवार ०८:५२ मा प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइँदैछ। जेठ २५ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जेठ २५ देखि २९ सम्म ३ लाख ७० हजारभन्दा बढी व्यक्तिले खोपको पहिलो मात्रा लगाएका थिए।

काठमाडौंका ३२ केन्द्रबाट असार २२ गतेदेखि २४ गतेसम्म खोप दिइने छ। खोप लगाउन जानेहरूले पहिलो मात्रा लगाएको कार्ड अनिवार्य साथमा लगेर नजिकैको केन्द्रमा जानसक्ने छन्।


सम्बन्धित खबरहरु