अझै तीन दिन मनसुन सक्रिय रहने

ओकेखबर संवाददाता १८ असार २०७८, शुक्रबार ०७:४३ मा प्रकाशित ( साल अघि) ६७० पाठक संख्या

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको तराई भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले देशभर वर्षा भइरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाका मौसम विद् राजु प्रधानाङ्गले बताए। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको उनले जानकारी दिएका छन्।

महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम विद् प्रधानाङ्गका अनुसार अझै तीन दिनसम्म अहिलेकै मनसुन सक्रिय रहने छ। उनले तीन दिनपछि मात्रै मौसममा सामान्य सुधार आउने बताए। देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन उनको आग्रह छ।


सम्बन्धित खबरहरु