खुल्यो आन्तरिक उडान, यी हुन् प्लेन चढ्नुअघि पालना गर्नैपर्ने मापदण्ड

ओकेखबर संवाददाता १७ असार २०७८, बिहीबार ११:०९ मा प्रकाशित ( साल अघि) ४२३ पाठक संख्या

काठमाडाै‌ । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ ।

कोभिड महामारी नियन्त्रणका लागि सरकारले १६ वैशाखदेखि निषेधाज्ञा लागू गरेको थियो । २० वैशाखदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।

विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यान दिई यात्रुको सुरक्षित आवागमनका लागि सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा पालना गराइने जनाएकाे छ । मास्क, फेसमास्क, भाैतिक दूरीजीस्ता स्वास्थ्य मापदण्ड विमानस्थलले कडाइका साथ पालना गराउने छ ।

यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि १७ असारदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो ।


सम्बन्धित खबरहरु