तनहुँमा पहिराले सात घर लग्यो, एक जना बेपत्ता

ओकेखबर संवाददाता १७ असार २०७८, बिहीबार १०:३० मा प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

तनहुँ । तनहुँमा पहिराेले सात घर बगाएकाे छ । बन्दिपुर नगरपालिका–३, ४ र ५ मा पहिराेले घरहरू साेहाेरेकाे हाे ।

तामुङमा दुई घरसँगै एक जना पहिराेमा पुरिएका छन् । उनकाे अवस्था अज्ञात छ । पाँच जनाको भने सकुशल उद्धार गरिएकाे गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिए ।

उनका अनुसार बन्दिपुर–३ मा दुई, वडा नम्बर ५ मा पहिराेसँगै तीन घर बगेका छन् । यी २ वटा वडामा अहिलेसम्म मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले जनाए ।


सम्बन्धित खबरहरु