सुनकाे मूल्यमा भारी गिरावट, चाँदीमा कति ?

ओकेखबर संवाददाता ४ असार २०७८, शुक्रबार १५:१४ मा प्रकाशित ( साल अघि) १८७५ पाठक संख्या

काठमाडाैं । नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बिहीबार) सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९० हजार ३०० रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खबरहरु