पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

ओकेखबर संवाददाता २ असार २०७८, बुधबार १२:३० मा प्रकाशित ( साल अघि) १४६ पाठक संख्या

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लाने भएको छ ।

उनलाई बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजाने खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।


सम्बन्धित खबरहरु