आज: 

विश्वकै ठूलो परिवारका मुखियाको निधन

ओके खबर १ असार २०७८, मंगलवार १४:५४ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । पूर्वी भारतको मिजोरम राज्यमा रहेको विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको निधन भएको छ। संसारकै सबैभन्दा ठूलो परिवारका ७६ वर्षीय मुखिया जियोेना चानाको सोेमबार निधन भएको हो ।

बीबीसीका अनुसार जियोना चानाका ३८ श्रीमती छन्। उनका ३८ श्रीमतीबाट ८९ छोराछोरी र ३६ जना नातिनातिना छन्। चाना विगत केही वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

उनी बिरामी परेपछि उनकै गाउँ बक्तावङ्गमा तीन दिनदेखि उपचार भइरहेको थियो। घरमै उपचार गराइरहेका चानाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।


सम्बन्धित खबरहरु