आज सातै प्रदेशको बजेट आउने

ओकेखबर संवाददाता १ असार २०७८, मंगलवार १०:५७ मा प्रकाशित ( साल अघि) १६२ पाठक संख्या

काठमाडाैं । आज सात वटै प्रदेशको प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत हुँदै छ । प्राय सबै प्रदेशहरूले स्वास्थ्य क्षेत्र केन्द्रित रही बजेट ल्याउने तयारी गरेका छन् ।

प्रदेश १ को प्रदेशसभा दिउँसो ३ बजे बस्दै छ । उक्त बैठकमा बजेट प्रस्तुत हुने छ । त्यस्तै दिउँसो ४ बजे बस्ने २ नम्बर प्रदेशको प्रदेशसभामा बजेट प्रस्तुत हुने छ ।

बागमती प्रदेशको प्रदेशसभा दिउँसो ३ बजे बस्दै छ । उक्त बैठकमा बजेट प्रस्तुत हुने छ ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा पनि आजै बजेट ल्याउने तयारी भएको छ ।


सम्बन्धित खबरहरु