इजरायलमा प्रधानमन्त्री बनेका नेफ्टाली बेनेट को हुन् ?

ओकेखबर संवाददाता ३१ जेष्ठ २०७८, सोमबार १३:१० मा प्रकाशित ( साल अघि) २६५ पाठक संख्या

काठमाडौं । इजरायलमा १२ वर्षपछि बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउँदै नेफ्टाली बेनेट प्रधानमन्त्री बनेका छन् । पछिल्लोपटक भएको आम निर्वाचनमा बेनेटको यामिना पार्टी पाँचौं स्थानमा थियो । तर, नेतान्याहूको पार्टी पहिलो भएको थियो । यद्यपि बेनेट नेतान्याहूलाई हटाउँदै आफूलाई प्रधानमन्त्री बनाउन समर्थन जुटाउन सफल भए ।

यससँगै नेतान्याहू इजरायलको प्रधानमन्त्री पदबाट बिदा भएका छन् । इजरायलका आठ पार्टीहरुले नयाँ गठबन्धन बनाएर सरकार बनाएका हुन् । यद्यपि आठ पार्टी मिल्दा पनि निकै झिनो अन्तरको बहुमत नयाँ सरकारलाई छ ।

त्यसैले अन्तिम समयसम्म पनि नेतान्याहूले हार भने मानेका थिएनन् । बुधबार संसद्मा भएको निर्वाचनमा नेतान्याहूको पक्षमा ५९ मत खस्दा बेनेटले उनको भन्दा एक मत बढी पाएका थिए ।

नेतान्याहूको लिकुड पार्टी छाडेपछि बेनेट दक्षिणपन्थी धार्मिक यहुदी होम पार्टीमा गएका थिए । सन् २०१३ को आम निर्वाचनमा बेनेट निर्वाचित भएर इजरायलको संसद्मा पुगेका थिए
सरकारबाट हटे पनि नेतान्याहू इजरायलको प्रमुख पार्टी लिकुडको प्रमुख र प्रतिपक्षी दलको नेताको रुपमा भने कायम रहनेछन् ।

बीबीसीका अनुसार नेफ्टाली बेनेटको यामिना पार्टीको संसद्मा केवल सात सिट छ । उनको पार्टी पनि संसद्मा पाँचौं स्थानमा छ । तर, बेनेट दुवै पक्षको लागि निकै महत्वपूर्ण थिए । त्यसैले उनले प्रधानमन्त्री पद पाएका हुन् । यामिना पार्टीका साथै अन्य तीन पार्टीको पनि समान सात सिट छ ।

निर्वाचनको नतिजा आएसँगै नेफ्टाली बेनेट विना कुनै पनि पार्टीले सरकार बनाउन नसक्ने स्पष्ट देखिएको थियो । बेनेटलाई प्रधानमन्त्री नेतान्याहू वा विपक्षी नेता येर लेपिडमध्ये एकसँग मिलेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । यस्तो अवस्थामा उनले मध्यमार्गी नेता येर लेपिडसँग मिलेर सरकार बनाउने निर्णय गरेका हुन् । यद्यपि यी दुई नेताको विचारधारा निकै भिन्न छ ।

४९ वर्षीय बेनेटलाई कुनै समय नेतान्याहूको बफादार मानिन्थ्यो । नेतान्याहूसँग अलग हुनुभन्दा अगाडिसम्म बेनेट सन् २००६ देखि २००८ सम्म इजरायलको चिफ अफ स्टाफको रुपमा रहेका थिए ।

नेतान्याहूको लिकुड पार्टी छाडेपछि बेनेट दक्षिणपन्थी धार्मिक यहुदी होम पार्टीमा गएका थिए । सन् २०१३ को आम निर्वाचनमा बेनेट निर्वाचित भएर इजरायलको संसद्मा पुगेका थिए ।

 

राजनीतिक यात्रा

सन् २०१९ सम्म प्रत्येक गठबन्धनको सरकारमा बेनेट मन्त्री बनेका थिए । सन् २०१९ मा बेनेट दक्षिणपन्थी गठबन्धनले एक सिट पनि पाएको थिएन । ११ महिनापछि पुनः निर्वाचन भयो र उनी यामिन पार्टीको प्रमुखको रुपमा चिर्वाचित भएर संसद्मा पुगे ।

नेफ्टाली बेनेटलाई नेतान्याहूभन्दा पनि धेरै अति राष्ट्रवादी र दक्षिणपन्थी नेता मानिन्छ । बेनेट इजरायललाई एक यहुदी राष्ट्रको रुपमा वकालत गर्दै आएका छन् । साथै उनले वेस्ट बैंक, पूर्वी जेरुसलेम र सिरियाली गोलान हाइट्सलाई पनि यहुदीको इतिहासको एक भागको रुपमा बताउँदै आएका छन् ।

यी सबै क्षेत्रमा सन् १९६७ को मध्यपूर्व युद्धपछि इजरायलको नियन्त्रण छ । बेनेटले वेस्ट बैंकमा यहुदीको बसोबासको पक्षमा छन् भने साथै ययो विषयलाई लिएर उन निकै आक्रामक पनि देखिँदै आएका छन् ।

यद्यपि उनले गाजा क्षेत्रमा भने कुनै दाबी गरेका छ्रैनन् । सन् २००५ मा इजरायलले यहाँको सेनालाई हटाएको थियो । वेस्ट बैंक र पूर्वी जेरुसलेमको १४० बस्तीमा ६ लाखभन्दा धेरै यहुदी बस्छन् । यो बस्तीलाई अन्तर्राष्ट्रिय समुदायले अवैध भएको बताउँदै आएका छन् । तर, इजरायलले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

प्यालेस्टाइन र इजरायलबीच बस्ती निर्धारण सबैभन्दा विवादित मुद्दा हो । प्यालेस्टाइनियनहरु यी बस्तीबाट यहुदीलाई हटाउनुपर्ने माग गर्दै आएका छन् र उनीहरु वेस्ट बैंक, गाजासहितको एक स्वतन्त्र मुलुकको माग गर्दै आएका छन् । यसको राजधानी पूर्वी जेरुसलेम हुने उनीहरुको भनाइ छ ।

 

रणनीति

बेनेटले भने यस्ता सबै मागलाई ठाडै अस्वीकार गर्दै आएका छन् । उनी अब यहुदीको बस्ती तीव्रताको साथ विस्तार गर्नुपर्ने पक्षमा छन् । बेनेटका अनुसार यहुदीको बस्तीको विषयमा नेतान्याहूको नीति भरोशा गर्न लायक छैन ।

बेनेट अंग्रेजी भाषा राम्रो बोल्न सक्छन् र विदेशी च्यानलमा पनि देखिँदै आएका छन् । साथै स्थानीय सञ्चारमाध्यममा पनि आक्रामक भएर अन्तर्वार्ता दिन्छन् ।

बेनेट इजरायलमा प्यालेस्टाइनहरुको लागि छुट्टै राष्ट्रको मागलाई अस्वीकार गर्दै आएका छन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समुदायले भने दुई राष्ट्रको सिद्धान्त इजरायल र प्यालेस्टाइनको समस्या समाधानको बाटो भएको बताउँछन् । दुई राष्ट्रको सिद्धान्तको वकालत अमेरिकाले पनि गर्दै आएको छ र राष्ट्रपति जो बाइडन पनि यसमा सहमत देखिएका छन् ।

 

कडा कदम

फेब्रुअरी २०२१ मा नेफ्टाली बेनेटले एक अन्तर्वार्तामा भनेका थिए, ‘जबसम्म म कुनै पनि रुपमा सरकारमा हुन्छु, त्यतिबेलासम्म एक सेन्टिमिटर जमिन पनि मिल्नेछैन ।’
बेनेटले प्यालेस्टाइन चरमपन्थीको सामना गर्न थप कडा कदम चाल्नुपर्ने बताउँदै आएका छन् । उनी मृत्युदण्डको सजाय दिनुपर्ने वकालत गर्दै आएका छन् । यहुदी इजरायलमा सन् १९६१ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

नेफ्टालीले सन् २०१८ मा गाजाका प्रशासकले हमाससँग गरेको युद्धविराम सन्धीको विरोध गरेका थिए । उनले गत मे महिनामा ११ दिनसम्म हमाससँग चलेको युद्धको क्रममा मारिएका प्यालेस्टाइननै उनीहरुको मृत्युमा दोषी रहेको बताएका थिए ।

बेनेटको राजनीतिमा यहुदीको गौरव र राष्ट्रवाद सबैभन्दा महत्वपूर्ण छ । उनी आफ्नो टाउकोमा किप्पाह लगाउँछन् । यसले धार्मिक यहुदी आफ्नो टाउको ढाक्ने गर्छन् ।

सन् २०१४ मा पार्टीको निर्वाचन प्रचारमा बेनेटले न्युयोर्क टाइम्स र वामपन्थी अखबार हारेट्ेजको नक्कल गर्दै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका थिए । दुवै अखबारले इजरायलको कदमको आलोचना गरेका थिए ।

यो भिडियोमा बेनेटले दुवै अखारको खिल्ली उडाउँदै ‘सरी सरी’ भनेका थिए । भिडियोको अन्तिममा उनले अब माफी माग्न छाड्ने घोषणा गरेका थिए ।

बेनेटको पृष्ठभूमि राजनीतिमा आउनुभन्दा पहिला सेना र एक व्यापारीको रुपमा थियो । उनी इजरायलको विशेष बलको दुई शाखामा सैनिकको रुपमा काम गरिसकेका व्यक्ति हुन् । सेनामा सेवा दिएपछि उनले प्रविधि कम्पनी स्थापना गरेका थिए र उनले यसबाट उल्लेख्य पैसा पनि कमाएका थिए।

सन् २०१४ मा बेनेटले एक अन्तर्वार्तामा आफ्नो सम्पत्तिको विषयमा भनेका थिए, ‘न म १७ स्टिक्स खान्छु न निजी विमान छ । मेरो यति हैसियत छ कि म जे गर्न चाहन्छु त्यो गर्न सक्छु ।

बीबीसीबाट


सम्बन्धित खबरहरु