आज: 

काम नगर्ने ठेकेदारको टाउकोमा सांसदले फोहोर खन्याइदिएपछि (भिडियोसहित)

ओके खबर ३१ जेष्ठ २०७८, सोमबार १२:३९ मा प्रकाशित ( महिना अघि) १२३ पाठक संख्या

काठमाडौं । आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै भारतको महाराष्ट्रमा एक सांसदले ठेकेदारको टाउकोमा नालीको पानी खन्याईदिएका छन् ।

बाटोको छेउमा रहेको फोहर पानी बग्ने नाली राम्रोसँग सफा नगरेको भन्दै शिवसेना पार्टीका सांसद दीलिप लांडेले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएका हुन् ।

फोहोर पानी टाउकोमा खन्याउँदै गरेको भिडियो अहिले चर्चामा आएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिएका हुन्।

विधायक दीलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् ।

नाली ठीकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो ।


सम्बन्धित खबरहरु