काठमाडौंमा स्थगित खोप अभियान पुनः सुरु, यी हुन् खोप केन्द्र

ओकेखबर संवाददाता ३१ जेष्ठ २०७८, सोमबार १२:२४ मा प्रकाशित ( साल अघि) १९९ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप अभियान पुनः सुरु हुने भएको छ । यसअघि खोप अभावका कारण स्थगित भएको खोप अभियान आजबाट पुन सुरु हुन लागेको हो ।

जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर सुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो। दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकिएको सूचना प्रकाशित गरेको थियो।

अब नयाँ कार्यतालिका अनुसार यसअघि रोकिएको खोप अभियान काठमाडौंमा जेठ ३१ र असार १ गते लगाइने भएको छ।

आइतबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ।

यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो। तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने लगाइने महानगरले जनाएको छ।।

६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ।


सम्बन्धित खबरहरु