विश्वकप छनोटमा नेपाल जोर्डनसँग पराजित

ओकेखबर संवाददाता २५ जेष्ठ २०७८, मंगलवार ०७:१२ मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

कतारमा अर्को वर्षमा आयोजना हुने फिफा विश्वकप र २०२३ मा चीनमा आयोजना हुने एसियन कपको छनोट खेलको दोस्रो चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित गरेको हो ।

४१ डिग्री सेल्सियसको गर्मी मौसम रहेको मैदानमा नेपाली खेलाडीहरु माथि शुरुदेखि नै जोर्डनको टिम हावी भएको थियो । नेपालले पहिलो हाफमा एक गोल खाएको थियो भने दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

जोर्डनका लागि बहा फैजलले दुई गोल गर्दा यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अंक रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अंक रहेको छ ।

कुवेत सिटी स्टेडियममा जोर्डनले खेल शुरु भएको पहिलो मिनेटमै आक्रमण गरेको थियो । १६ औं मिनेटमा डिबक्सबाट किलियर गरेका थिए । १८ औं मिनेटमा पुजन उपरकोटीले किलियर गर्र्दै नेपालको खतरा टारेका थिए । यसैगरी २० औं मिनेटमा अनन्त तामाङले जोगाएका थिए ।

२३ औं मिनेटमा रोहितले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई जोर्डनका बाहा फैजल सेइफले पेनाल्टी मार्फत गोल गरेका थिए । उक्त प्रहार किपरकै साइडबार च्यापेर गोल भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै भएका विकास खवास जोर्डनविरुद्ध शुरुवाती ११ मा परेका थिए । तर, उनी २९ औं मिनेटमा घाइते भएपछि रिप्लेस भएका थिए । खवासलाई रिप्लेस गर्दै सुनिल बल मैदान प्रवेश गरेका थिए ।

कुवेतमा अहिले ४१ डिग्री सेल्सीयस तापक्रम रहेको छ । कुलिङ ब्रेकपछि भने नेपालले अलि सुधारिएको प्रदर्शन गरेको थियो । त्यसपछि नेपाली खेलाडीले जोर्डनका गोलकिपरलाई अलि व्यस्त राखेका थिए ।

दोस्रो हाफमा जोर्डनले २ गोल थपेको थियो । ४८ औं मिनेटमा बहावले फ्रि किकमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ५८ औं मिनेटमा नेपालका मनीष डाँगीले पाएको पाएको मौका खेर गएको थियो । ६७ औं मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारेका थिए । दोस्रो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठले पाएको मौका सदुपयोग हुन सकेन । नेपालले अब बिहीवार अस्ट्रेलियासँग खेल्ने छ ।


सम्बन्धित खबरहरु