गिट्टीबालुवा निर्यात गर्ने नेपालको घोषणापछि भारतीय सञ्चारमाध्यमले लेखे- खुसीको खबर

ओकेखबर संवाददाता २१ जेष्ठ २०७८, शुक्रबार ०७:५० मा प्रकाशित ( साल अघि) ७१२ पाठक संख्या

नेपाल सरकारले बजेटमार्फत चुरे क्षेत्रको दोहन गरी गिट्टी, बालुवा र ढुंगा भारत निर्यात गर्ने घोषणा गरेपछि भारतीय सञ्चारमाध्यमले खुसीको खबर रहेको उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तानले उक्त वस्तुहरुको आपूर्ति नेपालबाट हुने भन्दै भारतीयका लागि खुसीको खबर रहेको उल्लेख गरेको हो। नेपालसँग सम्बन्धित भारतीय सीमा क्षेत्रहरूमा बालुवा गिट्टि, ढुंगा लगायतको ठुलो राहत हुने र स्थानीयलाई रोजगार समेत पाइने समाचारमा उल्लेख गरिएको छ।

नेपालबाट गिट्टी बालुवा निर्यात हुन थालेपछि भारतीय बजारमा उक्त वस्तुहरु सस्तोमा पाइने र रोजगारीका अवसर बढ्ने समाचारमा उल्लेख गरिएको छ। भारतीय सञ्चार माध्यमले नेपालले आफ्नो व्यापार घाटा कम गर्न गिट्टी बालुवा निर्यात गर्न लागेको समेते समाचारमा उल्लेख गरेको छ।

यसअघि गत शनिबार अध्यादेशमार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७८/०७९कोे बजेटमार्फत सरकारले ढुंगा गिट्टि बालुवा निर्यात गर्ने घोषणा गरेको थियो। भारतमा बालुवा, ढुंगा, गिट्टि निर्यात गरी व्यापार घाटामा कमी ल्याउने बजेटको बुँदा नम्बर १९९मा उल्लेख गरिएको छ।

नेपालको चुरे क्षेत्रबाट बालुवा ढुंगा गिट्टि निर्यात गरिने र त्यसले नेपाललाई दीर्घकालीन रुपमै नोक्सान हुने भन्दै नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।

सात वर्षअघि भारततर्फ निर्यात हुँदै आएकोमा पर्यावरणका लागि दीर्घकालीन रुपमै हानी पुर्याउने भन्दै सर्वोच्च अदालतमा रिट परेका परेका थिए। नेपालबाट उक्त वस्तुहरु भारतमा निर्यात हुँदै आएकोमा सर्वोच्च अदालतले रोकेको थियो।


सम्बन्धित खबरहरु