भोलिबाट ग्यास ११ सय २० रुपैयाँमा र चिनी ६३ रुपैयाँमा पाइने

ओकेखबर संवाददाता २० जेष्ठ २०७८, बिहीबार २१:१२ मा प्रकाशित ( साल अघि) ६०७ पाठक संख्या

काठमाडडाैं । सरकारले बजेट भाषणमा घोषणा गरेअनुसार शुक्रवारबाट साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुटमा सामान उपलब्ध गराउने भएका छन् ।

यी दुई सरकारी स्वामित्वका संस्थानले बिक्री गर्ने सामग्रीमा २० प्रतिशत छुट दिने जानकारी गराएका छन् । जसअनुसार साल्ट ट्रेडिङले बिक्री गर्ने एसटीसी ग्यासको मूल्य २८० रुपैयाँ घटाएर ११ सय २० रुपैयाँमा बिक्री गरिने सूचना निकालिएको छ ।

चिनी प्रतिकेजी ६३ रुपैयाँ, नुन १६, भटमास तेल १८८ रुपैयाँमा बिक्री हुने साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, खाद्य संस्था तथा व्यापार कम्पनीले बिक्री गरिने सबै सामानको मूल्य २० प्रतिशत घटाएको जानकारी गराएको छ । खाद्यले दाल, चिनी, चामाललगायतमा उपभोग्य सामग्री बिक्री गर्छ ।

सामान किन्नको लागि भने थ्रेसहोल्ड राखिएको छ । पिठो र चीन दुई/दुई केजी, भटमास तेल १ लिटर, खाना पकाउने ग्यास १ सिलिन्डर र चामल अधिक्तम ३० केजी थ्रेस होल्ड कामय गरिएको छ । किन्ने क्रममा नागरिकता वा सरकारी परिचयपत्रको फोटोकपी चाहिने छ ।


सम्बन्धित खबरहरु