नेपालमा देखिएको नयाँ भेरियन्टको नाम ‘डेल्टा’: डव्लुएचओ

ओकेखबर संवाददाता १८ जेष्ठ २०७८, मंगलवार १३:१६ मा प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

काठमाडौं । पहिलोपटक पहिचान भएको देशको नामको आधारमा राखिने गरेको कोभिड १९ को भेरियन्टको नामबारे विवाद हुन थालेपछि विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको नयाँ भेरियन्टको नामाकरण गरेको छ । डब्लुएचओले भेरियन्ट अफ कन्सर्न भित्र परेका भेरियन्टलाई ग्रिक अल्फाबेटको आधारमा नाम दिएको हो ।

विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट ( बि १.६१७.२) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट ( बी–१.६१७.१ ) लाई ‘कप्पा’ नाम दिइएको छ ।

नेपालमा पनि पछिल्लो समयमा पुष्टि भएका बी–१.६१७.२ र बी–१.६१७.१ भेरियन्ट लाई भारतिय भेरियन्ट भन्न थालिएपछि भारतले आपति जनाएको थियो । भारतको संचार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।

बी–१.६१७.२ नेपालमा देखिएको पछिल्लो भेरियन्ट हो । जिन सिक्वेन्सिङ गर्दा यो भाइरस निकै संक्रामक रहेको पाइएको छ । बी–१.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले १० मे मा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा राखेको थियो ।
अन्य भेरियन्टलाई पनि ग्रिक अल्फबेटको आधारमा क्रमश नाम दिइने बताइएको छ ।

भेरियन्ट हरुको नाम ग्रिक वर्णमालाको आधारमा धेरै विचार विमर्श गरेर मात्र राखिएको डब्लुएचओले बताएको छ । ठाँउको आधारमा नाम दिदाँ सम्बन्धित क्षेत्रलाई असर पर्ने भएकोले ग्रीक वर्णमालाबाट छानिएको हो । जस्तै, इबोला भाइरसको नाम कंगोलिस नदीको नामबाट राखिएको थियो ।

स्पेनिस फ्लुको उद्गम स्थल अहिलेसम्म पत्ता लागेको छैन । तर भाइरसको नाम स्पेन को नामबाट राखिदाँ देशको प्रतिष्ठामा असर पुगेो भन्दै अहिलेसम्म पनि विवाद हुने गरेको छ । त्यसैले भाइरसको नामका लागी विकल्प खोजिएको हो, डब्ल्एचओले भनेको छ ।


सम्बन्धित खबरहरु