बेलायतका प्रधानमन्त्रीले २३ वर्ष कान्छी प्रेमिकासँग गरे सुटुक्क विवाह

ओकेखबर संवाददाता १६ जेष्ठ २०७८, आईतवार ०९:४१ मा प्रकाशित ( साल अघि) ४६० पाठक संख्या

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीय क्यारी सिमोन्डसँग विवाह गरेका हुन् ।

शनिबार भएको उक्त विवाहमा कमैलाई बोलाइएको थियो । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि विवाहमा ३० जनामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

सोहीअनुसार जोनसनको विवाहमा ३० जना मात्र सहभागी भएको बीबीसीले जनाएको छ ।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए।

गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए।


सम्बन्धित खबरहरु