केही साता अझै चुनौतीपूर्ण छ : स्वास्थ्य मन्त्रालय

ओकेखबर संवाददाता ३ जेष्ठ २०७८, सोमबार २०:०५ मा प्रकाशित ( साल अघि) ५३७ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने बताएको छ।

सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको छ।

‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ’ सूचनामा भनिएको छ।

मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको जनाएको छ।

साथै, सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।


सम्बन्धित खबरहरु