कोरोनाबाट थप ९२४७ संक्रमित, २१४ जनाको ज्यान गयो

ओकेखबर संवाददाता ३ जेष्ठ २०७८, सोमबार १८:१७ मा प्रकाशित ( साल अघि) ४५२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण आज एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो ३ दिन लगातार मृतक सङ्ख्या घटे पनि आज फेरी बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या ४ लख ६४ हजार २ सय १८ पुगेको छ ।

जसमध्ये सक्रिय सङ्क्रमितको संख्या एक लाख १३ हजार ४ सय ८० पुगेको छ । जसमध्ये एक लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या पाँच हजार ७ सय ६७ रहेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २ सय २३ रहेको छ ।


सम्बन्धित खबरहरु