फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ओकेखबर संवाददाता २ जेष्ठ २०७८, आईतवार २२:३९ मा प्रकाशित ( साल अघि) ५४४ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

निगमका अनुसार आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । जसअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।


सम्बन्धित खबरहरु