चन्द्रागिरिकाे नगरस्तरीय आइसोलेशन सेन्टरहरू सञ्चालनमा

ओकेखबर संवाददाता २ जेष्ठ २०७८, आईतवार १९:१३ मा प्रकाशित ( साल अघि) ५०६ पाठक संख्या

काठमाडौं । चन्द्रागिरि नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा अक्सिजन सहितका आइसोलेशन सेन्टरहरू सञ्चालन आएको छ ।

मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मीको टिम राखेर नगर-स्तरिय आइसोलेशन सेन्टरहरू सञचालनमा ल्याइएको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताए ।

नगरप्रमुख गिरीले विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगायत उपत्यकाको अन्य अस्पतालहरूमा थप उपचारका लागि समन्वय गरिने उनको भनाई छ ।

नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गरेका हाे । नगरपालिकाले नगर स्तरिय आइसाेलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडकाे अक्सिजन सहित सेवा प्रवाह गरिएकाे र आवश्यकता अनुसार थप गरि १०० वेड क्षेमता सहित सञ्चालन गरिने व्यवस्था मिलाईएकाे मेयर गिरीले बताए ।

चन्द्रागिरि वडा नम्बर ४ थानकोट प्राथमिक अस्पतालमा रहेकाे साविक काेभिड व्यवस्थापन चन्द्रागिरि वडा नम्बर ३ काे नवनिर्मित भवनमा ३० वेडकाे समुदायमा आधारित आइसोलेशन सन्देश स्थानान्तरण गरि आईतवार देखि सञ्चालनमा आएकाे हाे । उक्त आइसोलेशन सेन्टरकाे सञ्चालनका लागि विभिन्न संघ संस्था तथा व्यक्तिगत साथ सहयोगमा सञ्चालन गरिएकाे छ ।

चन्द्रागिरि १२ मा समुदायमा आधारित नहुदा अस्पतालमा १५ बेडकाे आइसोलेशन सेन्टरकाे व्यवस्थापनकाे अन्तिम चरणमा रहेकाे चन्द्रागिरि १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

मातातिर्थमा अस्पतालमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेव एक–एक जना व्यवस्थापन गरिएको छ । कोरोना संक्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले जेठ १ गतेबाट उपचार पनि थालेको छ ।

हाल ९८६ सक्रिय संक्रमित रहेको नगरपालिकाकाे स्वास्थ्य शाखाकाे तथ्यांकले जनाएकाे छ । चन्द्रागिरिमा बैशाख १ गते सम्म नगरपालिकाकाे स्वास्थ शाखाबाट जारी सुचना अनुसार कुल ३ हजार ३ सय ७५ कुल संक्रमित संख्यामा निकाे हुनेकाे सख्या २ हजार ३ सय ५१ जना र मृत्यु हुनेकाे संख्या ३५ जना पुगेकाे छ ।


सम्बन्धित खबरहरु