दिल्लीमा थप एकहप्ता लकडाउन

ओकेखबर संवाददाता २ जेष्ठ २०७८, आईतवार १८:२१ मा प्रकाशित ( साल अघि) ४५७ पाठक संख्या

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक हप्ताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।

केजरीवालले भने, ‘दिल्लीमा कोरोना संक्रमणको अवस्थामा सुधार भइरहेको छ । कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको छ । हामी यो चाहँदैनौं कि सुधार हुँदै गरेको अवस्थामा, पुनःअवस्था खराब होस् । त्यसैले लकडाउन मे २४ को बिहान ५ बजेसम्मका लागि बढाइँदैछ ।

त्यतिबेलासम्म मेट्रो सेवा पनि बन्द हुनेछ। सामाजिक सञ्जाल ट्वीटरमा ‘केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् ।

उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।’ पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।


सम्बन्धित खबरहरु