आज: 

आइतबारदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

ओके खबर १ जेष्ठ २०७८, शनिबार २२:१८ मा प्रकाशित ( साल अघि) ३२० पाठक संख्या

काठमाडौं । भेरोसेलको दोस्रो डोज आइतबारदेखि लगाइँदैछ। हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको ३२ लाख डोज खोप आइसकेको र त्यसमध्ये २५ लाख डोज लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म भारत र चीनबाट गरी ३२ लाख ४८ हजार डोज खोप ल्याइएको छ।

सुरुमा भारत सरकारले उपहारस्वरुप १० लाख डोज कोभिसिल्ड दिएको थियो। त्यसपछि भारतसँगै १० लाख डोज कोभिसिल्ड खरिद गरियो। कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भयो कोभिसिल्ड नै नेपाली सेनालाई भारतीय सेनाले १ लाख डोज दियो। यसरी भारतबाट मात्रै २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ।

चीनबाट भने ८ लाख डोज भेरोसेल खोप प्राप्त भएको छ। योसमेत गरी ३२ लाख ४८ डोज खोप नेपालले प्राप्त गरेको छ। यसमध्ये २५ लाख डोज लगाइसकिएको छ भने करिब ७ लाख डोज स्टक छ।


सम्बन्धित खबरहरु