मस्कटबाट ५६० थान सिलिन्डर लिएर निगमको जहाज नेपाल आउँदै

ओकेखबर संवाददाता १ जेष्ठ २०७८, शनिबार १७:०९ मा प्रकाशित ( साल अघि) २८९ पाठक संख्या

काठमाडौं । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि तत्काल जरुरी सिलिन्डर ल्याउन शनिबार बिहान ओमानतर्फ गएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आउँदै छ ।

निगमका प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलका अनुसार गैरआवासीय नेपाली सङ्घ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५६० थान अक्सिजन सिलिन्डर ल्याउन जहाज ओमन उडेको हो। मस्कट विमानस्थलमा राखिएको सिलिन्डर लिएर जहाज आज साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने उनले बताए ।

६३ हजार सात सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको र सिलिन्डर ढुवानी खर्च सरकारले व्योहोर्ने भएको छ । नेपाल एयरलाइन्सको ओमान उडान यो पहिलो भएको उनले जानकारी दिए ।


सम्बन्धित खबरहरु