‘नेपाललाई आपतकालीन सहयोगको खाँचो छ’ : डब्ल्यूएचओ

ओकेखबर संवाददाता १ जेष्ठ २०७८, शनिबार १७:०० मा प्रकाशित ( साल अघि) १८४ पाठक संख्या

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।

जेनेभामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् । ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन्’, पत्रकार सम्मेलनमा उनले भने ।

ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत उनले बताएका छन् । यद्यपि गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन क्षमता बढाउन काम गरिरहेकाले आफूलाई केही खुशी लागेको बताए ।


सम्बन्धित खबरहरु