देशभर ८४१८ कोरोना संक्रमित थपिँदा ३३७० डिस्चार्ज, ५३ को मृत्यु

ओकेखबर संवाददाता २५ बैशाख २०७८, शनिबार १७:५७ मा प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ३ सय १५ आरटी पिसिआर र ९ सय ८९ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट ८ हजार २ सय ८७ र एन्टिजेन विधिबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्यावधिक विवरणमा जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

शनिबार देशभर ३ हजार ३ सय ७० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ३ हजार ३ सय ७० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना पुगेको छ । निको हुने दर ७७।४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।


सम्बन्धित खबरहरु