नेपालभर ६५० पत्रकार संक्रमित, ७ जनाको ज्यान गयो

ओकेखबर संवाददाता २४ बैशाख २०७८, शुक्रबार १३:१० मा प्रकाशित ( साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २ सय ५२ जना सक्रिय संक्रमित छन् ।

प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेकोमा ४ जना आईसीयूमा छन् । अहिलेसम्म ७ जना पत्रकारको ज्यान गएको छ ।


सम्बन्धित खबरहरु