बाँकेको नेपालगञ्जमा १० संक्रमितको ज्यान गयाे

ओकेखबर संवाददाता २४ बैशाख २०७८, शुक्रबार १०:२१ मा प्रकाशित ( साल अघि) २४६ पाठक संख्या

बाँके । बाँकेमा थप १० जना कोरोना संक्रमित विरामीको ज्यान गएको छ ।

नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएराति र आज बिहान १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेका आठ जना र बर्दिया, कैलालीका एक, एक जनाको ज्यान गएको हो।

योसंगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक ६९ पुगेको छ। बाँके कोरोना संक्रमणबाटै निकै प्रभावित छ।दोस्रो लहर तीव्र रुपमा बढेसँगै निषेधाज्ञा जारी हुने बाँके पहिलो जिल्ला हो । बाँकेमा जारी भएको निषेधाज्ञा वैशाख मसान्तसम्म लम्ब्याइसकिएको छ।


सम्बन्धित खबरहरु