करोनाबाट एकैदिन ९०७० संक्रमित, थप ५४ जनाले ज्यान गुमाए

ओकेखबर संवाददाता २३ बैशाख २०७८, बिहीबार १७:५२ मा प्रकाशित ( साल अघि) ५९६ पाठक संख्या

थप ९०७० जनामा कोरोना पुष्टि, ५४ जनाले ज्यान गुमाए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय १४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १४२ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ


सम्बन्धित खबरहरु