आज: 

वैशाख २९ गतेसम्म लम्बियो निषेधाज्ञा

ओके खबर २१ बैशाख २०७८, मंगलवार १७:१७ मा प्रकाशित ( दिन अघि) २८७ पाठक संख्या

काठमाडौं । उपत्यकामा एक साता थप निषेधाज्ञा हुने भएको छ । मंगलबार उपत्यकाका तिनै जिल्लाका प्रमुखहरूको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरमा आगामी २९ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवालाई विहानमात्र सञ्‍चालन गर्न दिने निर्णय समेत भएको छ । यसअघि विहान र वेलुका खाद्यान्‍न लगायतको अत्यावश्यक सेवा खुला थियो । सरकारी कार्यालय र वित्तिय संस्थामा पनि सिमित कर्मचारी राखी कार्यालय सञ्‍चालन गर्न दिने निर्णय लिएको छ ।

ठेलागाढा कवाडी, निर्माणलगायतको काममा प्रतिबन्ध लगाउने भएको छ । बैठकले कोभिड संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै एक साता लम्बाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार सूचना विभागको कार्ड नभएका पत्रकारलाई कार्यरत संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले विशेष उपलब्ध गराउने भएको छ ।


सम्बन्धित खबरहरु