अस्पतालको श्य्याबाट पूर्वराजाले दिए यस्तो सन्देश

ओकेखबर संवाददाता १७ बैशाख २०७८, शुक्रबार १४:४५ मा प्रकाशित ( साल अघि) ७१६ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणपछि उपचारत पूर्वराजा ज्ञानेन्द्र शाहले अस्पतालको श्य्याबाट सन्देश दिएका छन् । केही दिनअघि कोरोना संक्रणमले स्वास्थ्यमा समस्या आएपछि परिवारका तीन जनासहित पूर्वराजा ज्ञानेन्द्र नर्भिक अस्पताल भर्ना भएका थिए ।

पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

शुक्रबार मध्यान्ह ट्वीटरमार्फत उनले भने, ‘हामी र हाम्रो परिवारको चिन्ता गरी स्वास्थ्यलाभको कामना गर्नुहुने देश विदेशका सम्पूर्ण शुभचिन्तकहरूमा आभार व्यक्त गर्दछौं ।’

यस्तै उनले नागरिकका लागि गर्नुपर्ने कर्तव्यबाट राज्य नचुकोस् भन्दै सबैमा सजग र सावधान रहन आग्रह गरेका छन् ।

‘कोरोना वैश्विक महामारीका यस नाजुक अवस्थामा राज्य आफ्ना नागरिकका लागि गर्नुपर्ने कर्तव्यबाट नचुकोस्। सबैमा सजग र सावधान रहन आग्रह गरिन्छ,’ उनले ट्वीटरमा लेखेका छन् ।


सम्बन्धित खबरहरु