कोरोनाबाट बाँकेमा एकै दिन आठ जनाको मृत्यु

ओकेखबर संवाददाता १५ बैशाख २०७८, बुधबार ०७:५९ मा प्रकाशित ( साल अघि) ४०० पाठक संख्या

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ।

यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाका एक गरी आठ जनाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला छन्। त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एकएक जनाको मृत्यु भएको उनले जानकारी दिए।

योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या १०६ पुगेको छ। तीमध्ये बाँकेका मात्र ९७ जना छन्।


सम्बन्धित खबरहरु