आज २६ सयभन्दा बढीमा कोरोना संक्रमण

ओकेखबर संवाददाता ११ बैशाख २०७८, शनिबार १९:३६ मा प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७ हजार ५२५ जनाको पीसीआर र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गराउँदा २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार ४८६ र एन्टिजेन परीक्षणबाट ३३३ जनामा कोरोना संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार हाल १६ हजार २ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।

कुल मृतकको संख्या ३ हजार १३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित खबरहरु