फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ओकेखबर संवाददाता ४ बैशाख २०७८, शनिबार २१:०९ मा प्रकाशित ( साल अघि) ११४२ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १/१ रूपैयाँ मूल्य वृद्धि गरेको हो।

शनिबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ।


सम्बन्धित खबरहरु