राजनिती र बाग्मती

देवेन्द्र प्रसाद सिटौला ४ बैशाख २०७८, शनिबार ०८:२५ मा प्रकाशित ( साल अघि) ५९२ पाठक संख्या

राजनीति र बाग्मतीका पदूषणका कुरा गर्ने र भन्ने
सबै यिनै मान्छे हुन
यहिका हुन
बिगार्ने पनि र दोष दिने पनि यिनै मान्छे नै हुन,
अमुर्त राजनीतिको के दोष
प्राकृत नदीको के दोष।

 

ए मान्छे हो !

शुद्ध सफा पारेउ,सफा हुन्छ
फोहोर गरेउ, गनाउंछ
शुद्धता र गन्दगी दुबै तिमी भित्रै छ
जस्तो गर्छौ त्यस्तै हुन्छ ।
राजनिती र बाग्मती सफा हुन
मुहान सफा हुनु पर्छ
राजनिती सफा हुन
नेता नै सदाचारी र शुद्ध हुनु पर्छ
बाग्मती सफा हुन

 

उसको मुहान बाग्द्वारबाटै सफा हुँदै आउनु पर्छ
अनि नियम र नियमन
प्रशासन र ब्यवस्थापन
सबैले मान्नु पर्छ
चरित्र र आचरण सबैको हुनु पर्छ।
दोष अरुलाई मात्र लगाउन मिल्दैन
सबै भागिदार छन
म पनि,तिमी पनि,उ पनि,हामी पनि,
देश र जन्ताको हुर्मत लिन कति आए कति हराए
तर खोइ के भयो त?
भनिन्छ नि!

 

चुचेे ढुंगो उहीँ टुंगो
हात्ती आयो हात्ती आयो फुस्सा !!
सन्त,नेता र अभियन्ताका बथान सबै उस्तै उस्तै
आफ्नैलागी र आफ्नाकालागि
आए खाए गए
तर यहाँ राजनिती र बाग्मतीको
सधै नै उहीँ चाला र उहीँ पारा।।

रचनाकार देवेन्द्र प्रसाद सिटौला पूर्व रक्षा सचीव तथा सुशासन अभियानका अभियन्ता हुन् ।


सम्बन्धित खबरहरु