आज: 

आइओइमा नेबिसंघद्वारा तालाबन्दी, डीनका पदाधिकारीको राजिनामा माग

ओके खबर ३ बैशाख २०७८, शुक्रबार २२:२७ मा प्रकाशित ( हफ्ता अघि) २७९ पाठक संख्या

काठमाडाैं । विद्यार्थीहरुको मागको सुनुवाई नभएकाे भन्दै आक्रोशित विदार्थीहारुले डीनको कार्यालयमा ताला लगाएका छन् । आन्दोलनको नेतृत्व नेबिसंघ पुल्चोक ईकाइले गरेको छ्। संघका अध्यक्ष बबिन बस्नेतले मागको सुनुवाई नभए आफुहरु अख्तियाए र अदालतसम्म जाने चेतावनी दिए ।

इन्स्टिच्युट अफ इन्जिनरिङ (आइओई) आफ्नो गुणस्तरियता कायम राख्न नसकेको र संस्थामा बिचौलियहरु हाबी भएकोले आलोचित बन्दै गैइराखेको छ। छुटपुटरुपमा आवाजहरु उठ्यता पनि आन्दोलनले निरन्तरता पाउन नसक्नुको कारण विद्यार्थी संगठन र तीनका नेतासमेत गिरोहको कब्जामा रहेको उनिहरुकाे भनाई छ ।

बस्नेतका अनुसार संघले आइओई र पुल्चोक क्याम्पसमा शैक्षिक तथा भौतिक सुधारको माग राख्दै आएकाे छ । पटकपटक शान्तिपूर्ण प्रदर्शन, मौखिक बिरोध अनसन बस्दासमेत सुधार नदेखिएकोले आफुहरु बाध्य भएर ताला लगाउने स्थितीमा पुगेको बस्नेतले बताए ।

६ बुदे मागसहित गैर जिम्मेवार आइओईका डीनको सशिधर राम जोशी र परीक्षा शाखा प्रमुख ज्ञान बहादुर थापा लगायत पदाधिकारीको राजिनामा संघले मागेको छ ।
विद्यार्थी सँगको समाझौता कार्यान्वयन नगरेको,प्रश्नपत्र छाप्दा लापरबाही गरेको, संस्थाको ढुकुटीको दुरुपयोग गरेको र विचौलियहारुसँग आइओईका पदाधीकारीको साठगाँठ रहेको संघकाे आराेप छ ।


सम्बन्धित खबरहरु