स्वास्थ्य मन्त्रालयकाे आकस्मिक अपिल : ‘कोरोनाबाट अति प्रभावित यी १४ जिल्लाका विद्यालय नजानुस्’

ओकेखबर संवाददाता २ बैशाख २०७८, बिहीबार १७:५० मा प्रकाशित ( साल अघि) ५६६ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको अवस्था निकै जटिल बन्दै गएको भन्दै १४ जिल्लाका विद्यालय नजान आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने समेत बताएको छ । मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम,सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको हो ।

मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।


सम्बन्धित खबरहरु