आज: 

आईपीएलमा बैंगलोरको लगातार दोस्रो जित

ओके खबर २ बैशाख २०७८, बिहीबार ०७:१६ मा प्रकाशित ( हफ्ता अघि) १६७ पाठक संख्या

काठमाडौं । इन्डियन प्रमियर लिग (आईपीएल) मा १५० रनको लक्ष्य पाएको सनराइजर्स हैदराबादले निर्धारित पुरा ओभर खेले पनि लक्ष्य पुरा गर्न नसेपछि ६ रनको हार बेहोरेको छ।

चेन्नई रंगशालामा बुधबार राति सम्पन्न खेलमा हैदराबादलाई हराउँदै रोयल च्यालेन्सर्ज बैंगलोरले लगातार दोस्रो जित निकालेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १४९ रन बनाएको थियो।

त्यसका लागि ग्लेन म्याक्वेलले ५९ रनको योगदान दिँदा कप्तान विराट कोहलीले ३३ रन जोडेका थिए। त्यस्तै, शहबाह अहमद १४ रनमै आउट भए।

हैदराबादका लागि बैंगलोरको तीन विकेट जेसन होल्डरले गिराए भने दुई विकेट लिनेमा राशिद खान रहे। भुवनेश्वर कुमार, शहबाज नदिम र टी नटराजनले पनि एकएक विकेट लिए।

जवाफी ब्याटिङमा पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १४३ रनमा समेटिएको हैदराबादका लागि कप्तान डेबिड वार्नरले ५४ रन बनाए भने मनिष पाण्डेले ३८ रन बनाए। त्यस्तै, जोनी बेयरिस्टोले १२ र रशिद खानले १७ रनका योगदान दिए।

सहबाज नदिमले हैदराबादको तीन विकेट गिराए भने हर्षल पटेलले दुई–दुई विकेट लिए। यो जितसँगै अंकतालिकामा चार अंक बनाएको बैंगलोर शीर्षस्थानमा छ।
आईपीएलमा आज रातिको खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्को सामना गर्नेछ।


सम्बन्धित खबरहरु