कोरोना संक्रमण जोखिमः तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

ओकेखबर संवाददाता ३० चैत्र २०७७, सोमबार १०:५३ मा प्रकाशित ( साल अघि) ३५५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढ्दै जाँदा विद्यालय बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सिफरिसलाई सरकारले विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि आज बिहान ८ बजे बोलाएको बैठकमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।

कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।
छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्‍याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

बालबालिकामा नयाँ स्वरुपको कोरोना संक्रमणको जोखिम उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो।

विद्यालय बन्द गर्ने विषयमा छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । प्याब्सनले भने सरकार काठमाडौंसहित प्रमुख शहरहरुमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध गर्दै आएको छ।


सम्बन्धित खबरहरु