पत्रकार महासंघको निर्वाचनमा कसले कति मत पाए ? (विवरणसहित)

ओकेखबर संवाददाता २९ चैत्र २०७७, आईतवार ०८:३२ मा प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनबाट विपुल पोखरेल निर्वाचित भएका छन् । महासंघमा पहिलोपटक भएको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पोखरेल निर्वाचित भएका हुन् । पदाधिकारीमा पोखरेलकै प्यानलले जितेको हो । त्यस्तै, तीनजना केन्द्रीय सदस्यबाहेक पोखरेलकै प्यानलले विजय हात पारेको छ ।

निर्वाचन समितिका अनुसार पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् ।

प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह) सहितका ११ संगठनको गठबन्धन बनाएर पोखरेलको नेतृत्वमा निर्वाचन भएको थियो ।

महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन् ।

महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् ।

आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।

अन्तिम नतिजा यस्तो छ :


सम्बन्धित खबरहरु